Sunday, September 27, 2026

गढीमाई इलेक्ट्रोनिक्स ९ औं वर्षमा प्रवेश,वार्षिकोत्सवमा विशेष छुट

Advertisement
Advertisement

कलैया,२६ असार । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका–१ स्थित श्री गढीमाई इलेक्ट्रोनिक्सले स्थापना भएको ८ वर्ष पूरा गर्दै बिहीबार ९ औं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको हो।

कलैयाकै सबैभन्दा पुरानो तथा विश्वासिलो इलेक्ट्रोनिक सामानको पसलको रूपमा परिचित गढीमाई इलेक्ट्रोनिक्सका सञ्चालक विजय कुमार स्वर्णकारका अनुसार, सो पसल सैमसंग, हिमस्टार, होण्डाई ब्रान्डका टिभी, फ्रिज, माइक्रो ओभेन, वासिङ् मेशिन, एसी, मोबाइल, पंखा, राइस कुकर, मिक्सर, आइरन लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामग्रीको आधिकारिक विक्रेता हो।

वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै पसलले असार महिनाभर एमआरपी मूल्यमा ४० प्रतिशतसम्मको आकर्षक छुटको व्यवस्था गरेको छ। साथै, सैमसंग ब्रान्डका मोबाइल, टिभी, फ्रिज लगायतका सामग्रीहरूमा ४० प्रतिशत डाउनपेमेन्टमा बिना ब्याज किस्तामा खरिद गर्न सकिने व्यवस्था गरिएको सञ्चालक स्वर्णकारले जानकारी दिए।

कार्यक्रममा सैमसंग कम्पनीका बजार प्रतिनिधि वृजेश चौधरी, हिमस्टारका अजब विक्रम बिष्ट, हुलास फाइनान्सका लोन अधिकृत राजकिशोर साह र नितिन ओझा, राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दन स्वर्णकार, गढीमाई इलेक्ट्रोनिक्सका कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर