Sunday, September 27, 2026

बारामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Advertisement
Advertisement

कलैया, ३ साउन । बारामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन । विशेष सूचनाको आधारमा ९ जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले जानकारी दिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ जानकीटोलमा बस्ने केशव सुनुवारको घरमा जुवातास खेलिरहेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले ९ जनालाई नियन्त्रणमा लिएको हो ।

सुनुवारको घर खान तलासी गर्दा सोही घरको तेश्रो तल्लाको कोठामा तास खेलिरहेको स्थानबाट एक लाख ५४ हजार ६ सय ८० नगद बरामद गरिएको प्रहरी उपरिक्षक तामाङ्गले जानकारी दिए।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुशान्त खाती सुनार, जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, सोही ठाउँका ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवस्ताव, घर धनी ४१ वर्षीय केशव सुनुवार, ५२ वर्षीय थहल वहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५९ वर्षीय बलरामकुमार क्षेत्री र ५१ वर्षीय राजकुमार भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर