Sunday, September 27, 2026

जीतपुरसिमरा उपमहानगरको कडाइ : सामुदायिक विद्यालयका शिक्षकले बिना अनुमति अन्यत्र पढाउन नपाउने

Advertisement
Advertisement

कलैया, १२ साउन। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई कडाई गरेको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षकहरूले आफूले कार्यरत विद्यालयमा समयमा उपस्थिति नजनाई अन्य विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन गरिरहेको जन गुनासो प्राप्त भएको जनाउँदै यस्तो कार्य तुरुन्त रोक्न निर्देशन दिएको हो।

शिक्षा नियमावली, २०५९ को परिच्छेद २२, नियम १३३ को उपनियम १ (ज) अनुसार यस्तो कार्य गैरकानुनी हुने उपमहानगरले जारी गरेको सुचनामा उल्लेख छ। नियम विपरित विद्यालय संचालनको समयमा अन्यत्र विद्यालयमा शिक्षण गर्न जाने शिक्षक र जानदिने प्रधानाध्यापकलाई कार्वाही हुने उपमहानगरले जनाएको छ।

उपमहानगरले जारी गरेको सुचनामा सामुदायिक विद्यालय सञ्चालन समय बाहेक अन्य विद्यालयमा पढाउन चाहेमा सम्बन्धित शिक्षकले आफ्नो विद्यालयको व्यवस्थापन समितिबाट सिफारिस लिएर पालिकाबाट अनुमति लिएपछि मात्र त्यस्तो कार्य गर्न पाउने उल्लेख गरिएको छ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर