सिमरा, २२ साउन। बारामा क्रेनले फलाम उठाउने क्रममा फलाम लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ९ स्थित नारायणी स्पार्क प्रालिमा बुधबार राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको हो ।
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्यको ननौरा बलियाका ५३ वर्षिय रामभवन यादव रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ
फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।