Tuesday, August 4, 2026

बारामा क्रेनले फलाम उठाउने क्रममा फलाम लागेर एकजनाको मृत्यु

सिमरा, २२ साउन। बारामा क्रेनले फलाम उठाउने क्रममा फलाम लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ९ स्थित नारायणी स्पार्क प्रालिमा बुधबार राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको हो ।

क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्यको ननौरा बलियाका ५३ वर्षिय रामभवन यादव रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ‌

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर