28.2 C
Kalaiya

Wednesday, August 13, 2025
spot_img
28.2 C
Kalaiya
Wednesday, August 13, 2025

spot_img

खोखो विश्वकप उपविजेता महिला र पुरुष टोलीलाई ११–११ लाख सहित काठमाडौं महानगरले गर्‍यो सम्मान

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २७ साउन। काठमाडौं महानगरपालिकाले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई सम्मान गरेको छ। महानगरले दुबै टोलीलाई ११–११ लाख रुपैयाँ गरी २२ लाखको चेकसहित सम्मान गरेको हो। उक्त रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ ।

Advertisement

खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजित भएको थियो । त्यस्तै महिला टोली फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजित भएको थियो। पराजित संगै दुबै पुरुष र महिला टोली खोखो विश्वकप उपविजेता भएको थियो। खो–खो विश्वकपमा नेपालको पुरुष टोलीको सहायक प्रशिक्षकमा बाराका क्यामुद्दिन मन्सुर रहेका थिए। उनलाई पनि सम्मान गरिएको छ।

Advertisement

सम्मान कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डङ्गोल , प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर