Sunday, September 27, 2026

मर्यादित र जिम्मेवार पत्रकारिताका लागि आचारसंहिता पालनामा जोड

Advertisement
Advertisement

कलैया,२७ साउन । पत्रकार आचार संहिता पालना नहुदा पत्रकारिताको मर्यादा र ब्यवसायिकतामा आँच आएको एक कार्यक्रममा जनाईएको छ । मधेश मिडिया काउन्सिलले बाराको कलैया स्थित नेपाल पत्रकार महासंघ बाराको सभाहलमा सोमबार आयोजना गरेको पत्रकार आचार संहिताको पालना बारेको छलफल कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन ।

उनीहरुले मर्यादित र जिम्मेवार पत्रकारिताको लागि आचार संहिताको पूर्ण पालना गर्नुपर्ने जोड दिए । उनीहरुले ब्यवसायिक र मर्यादित पत्रकारितालाई जोगाउनु पर्ने आवश्यकता औल्याएका छन । पेशागत मर्यादालाई स्थापित गर्न सबै सचारकर्मीलाई एक जुट हुन उनीहरुले आग्रह गरे ।

पछिल्लो समय समाजिक सञ्जालले पत्रकारिताको बिश्वास घटाएको उनीहरुको भनाई रहेको थियो। पत्रकारहरु सामाजिक सञ्जालको जंजालमा फस्न नहुने उनीहरुको भनाई छ । पत्रकारले बिकास लगायत हरेक क्षेत्रमा निगरानी बढाउनभने । पत्रकारले पत्रकारिताको महत्व बारे आम नागरिकलाई बुझाउनु पर्नेमा उनीहरुको जोड रहेको थियो ।

उक्त कार्यक्रममा मधेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश यादव, सदस्य रिंकु मिश्रा, मनु पासवान लगायतकाले पत्रकार अचार सहिता पुर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

उक्त छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव, सदस्य साजिर मंसुर, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष राकेश पाण्डेय, नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, नेपाल प्रेस युनियन मधेश प्रदेशका सचिव सन्तोष पाण्डेय, नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष अनिल साह ,कोषाध्यक्ष अरुण साह, पत्रकार शिवशंकर मिश्रा, सन्दिप यादव,धिरेन्द्र पनुहर, बिनिता चौधरी , जिउत यादव, श्री कान्त गुप्ता, शयाम प्रसाद पाण्डेय, महेन्द्र सहनी, नरेश साह लगायतको सहभागिता रहेको थियो ।

उक्त छलफल कार्यक्रममा सहजीकरण मधेश मिडिया काउन्सिलका सदस्य बन्दना झाले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर