31.7 C
Kalaiya

Thursday, August 28, 2025
spot_img
31.7 C
Kalaiya
Thursday, August 28, 2025

औनियाका किसान पंडित ‘ड्रागन’ खेतीबाट कमाउँछन् वार्षिक चार लाख

spot_img
spot_img
spot_img

कलैया,१२ भदौ । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ औनियाका किसान रामस्वरुप पंडितले यति बेला ड्रागन फल खेती व्यस्त छन । उनले दुई वर्षअघिदेखी ड्रागन फल खेती सुरु गरेका थिए । यस क्षेत्रमा धेरैलाई ड्रागन खेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका पंडितले दुई वर्षअघि रु ४ लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए ।

Advertisement

उनले भारत र नेपालबाट छ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । ‘गढीमाई एग्रो तथा ड्रागन फ्रुट’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका पंडितले दुई वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताएका छन । उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल),ईजराईली एलो,साएम रेड अन्य गरि आठ वटा प्रजातीको ड्रागन लटरम्मै फलेको छ ।

Advertisement

सुरुदेखि उनले ‘हाईब्रीड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको पंडितले जानकारी दिए । ‘यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण दुई वर्ष अगाडि व्यवसाय सुरुवात गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन’, पंडितले भने ।

Advertisement

ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँले खेती सुरु गरेको पंडितले बताए । पानी नज बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको उनको भनाई छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका पण्डितले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन् ।

उनले पहिलो वर्षमा फलबाट ७ क्विन्टल फल बेचेर रु दुई लाख १० हजार रुपैयाँ र विरुवाबाट ८० हजार रुपैयाँ आम्दानी गरेको बताए । दोस्रो वर्षको आधी सिजनमा ७ क्वीन्टल फलबाट दुई लाख ४० हजार रुपैयाँ र ४ सय बिरुवा बेचेर ६० हजार रुपैयाँ ३ लाख आम्दानी पण्डितले यो वर्ष १५ देखि २० क्वीन्टल फल र पाँच सयदेखी एक हजार बिरुवा बिक्री गरी ६ देखि ८ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।

बजारमा ड्रागन फल प्रतिकिलो रु चार सय देखि पाँच सयसम्म पर्ने गरेको छ तर उहाँले बारीबाटै रु तीन देखि तीन सय ५० मा बिक्री वितरण गरिरहेका छन् भने बिरुवा एक सयदेखि एक सय ५० रुपैयाँ मा बेचिरहेका छन् । उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

पंडितले एउटा बोटमा पाँचदेखि पन्ध्र किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय हाट बजारका साथै निजगढ,चपुर,बिरगंज र कलैयासम्म पठाउने गरेको जानकारी दिए ।

‘स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु’, उनले भने । पहेलि जातीको ड्रागन फ्रुटको उत्पादन राम्रो भएकोले विरुवाको माग अत्याधिक रहेको कृषक पंडितले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर