24.5 C
Kalaiya

Friday, September 19, 2025
spot_img
24.5 C
Kalaiya
Friday, September 19, 2025

आज संविधान दिवस

spot_img
spot_img

कलैया, ३ असोज । आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुदै छ ।

Advertisement

समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । २०७२ साल असोज ३ गते लामो संघर्ष र बलिदानीपछि संविधानसभाबाट नेपालको संविधान जारी गरिएको थियो । दोस्रो संविधानसभाले लामो छलफल र विवादपछि तयार पारेको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घोषणा गरेका थिए ।

Advertisement

संविधान जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर