Monday, August 17, 2026

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा बाराको विभिन्न स्थानमा दीप प्रज्वलन

Advertisement
Advertisement Advertisement

कलैया, १ असोज। भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा बाराको विभिन्न स्थानमा बुधबार दीप प्रज्वलन गरिएको छ । बारको सदरमुकाम कलैया स्थित देवकोटा चोकमा श्री दुर्गा पुजा समितीद्वारा दीप प्रज्वलन गरिएको छ।

त्यस्तै कलैया उपमहानगर वडा नम्बर १२ धर्मनगर , सदरमुकाम कलैया स्थित भरत चोक लगायत जिल्लाको विभिन्न स्थानीय तहमा रहेको मुख्य चोक, बजार क्षेत्रसहित विभिन्न टोलमा सर्वसाधारणले दीप प्रज्वलन गरेका हुन। दीप प्रज्वलन गर्दै नागरिकहरुले जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका छन।

जेनजीले भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, सामाजिक सञ्जाल खुलाउनुपर्ने लगायत विभिन्न माग गर्दै देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर