Sunday, September 20, 2026

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले राजीनामा दिन मानेनन्, संसदीय दलले गर्‍यो कारबाही सिफारिस

Advertisement
Advertisement

कलैया, २ असोज। केहिदिन अघि भएको जेनजी आन्दोलनको क्रममा फेसबुकबाट राजीनामा घोषणा गरेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले औपचारिक रुपमा पदबाट राजीनामा नदिएपछि अहिले चौतर्फी आलोचना भैरहेको छ।

पार्टीको निर्देशन समेत नमाने पछि जनमत पार्टीको मधेस प्रदेश संसदीय दलले मुख्यमन्त्री सिंहलाई कारबाहीको सिफारिस गरेको छ । मुख्यमन्त्री सिंहसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गरिए पनि जवाफ नदिँदा दलको बैठकले कारबाहीको सिफारिस गर्ने निर्णय गरेको संसदीय दलका नेता महेशप्रसाद यादवले पुष्टि गरेका छन।

त्यस्तै, यस अघिनै संसदीय दलले मुख्यमन्त्री सिंहसँगै सरकारमा रहेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर