Sunday, September 27, 2026

करोडौंको लागतमा बनेको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बारागढीलाई हस्तान्तरण

Advertisement
Advertisement

कलैया,०५ असोज । बाराको बारागढी गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन शनिबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरी मार्फत सो भवन निर्माण भएको हो।

पालिकास्तरको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालले गरेका हुन्। सो भवनलाई आर्थिक करिडोर कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख राजेश साहले प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेका थिए।

उक्त नवनिर्मित भवन चार करोड ३२ लाख ६५ हजार ३६ रुपैयाँ २१ पैसाको लागतमा बनेको हरिनारायण साहले जानकारी दिएका छन्।

कार्यक्रम राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, वडा अध्यक्षहरू, कर्मचारी, समाजसेवी तथा स्थानीयवासी लगायतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर