Friday, June 5, 2026

बारामा २ सय ३६ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

spot_img

कलैया,०६ असोज  । बारा प्रहरीले मिनी ट्रकबाट दुई सय ३६ किलो सात सय ५० ग्राम लागु औषधसहित एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले बा २ ख ९५६९ नं. को मिनि ट्रकमा लोड गरिएको गाँजासहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो।

मिनि ट्रकका चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जितपुरसिमरा उपमहानगरपालिका – २१ अमलेखगंज स्थित ईलाका प्रहरी कार्यालय अमलेखगंजको कार्यालय अगाडि चेक पोईन्टमा सो ट्रकलाई जाँच गरेको हो। मकवानपुरबाट वीरगञ्ज तर्फ आउदै गरेको बा २ ख ९५६९ नं. को मिनि ट्रकलाई रोकि चेकजाँच गर्दा उक्त मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकि लुकाई छिपाई राखेको २८ पोका लागु औषध गाँजा बरामद गरिएको हो।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको कमाण्डमा रहेको टोलिले यसमा थप अनुसन्धान गरिरहेको बाराका प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर