Sunday, September 27, 2026

सशस्त्र प्रहरीद्वारा बारामा पाँच लाख बराबरको अवैध सामान बरामद

Advertisement
Advertisement

कलैया,०६ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट करिब पाँच लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

वि.ओ.पि.बारैनीयाबाट खटिएको टोलीले विश्रामपुर गाउँपालिका–३ को सीमा क्षेत्रबाट करिब रू. १ लाख ५० हजार बराबरका लेडिज आइटम बरामद गरेको हो ।त्यस्तै जितपुर सुरक्षा वेशले वीरगंज–पथलैया सडकखण्डबाट रू. १ लाख बराबरका लेडिज आइटम बरामद गरेको छ।

मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रबाट करिब रू. ७५ हजार बराबरका राउटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। गणबाट खटिएको मोबाइल टोलीले कोल्हवी नगरपालिका–१, कोल्हवी बजार क्षेत्रबाट रू. १ लाख बराबरका किराना सामान बरामद गरेको छ।

त्यसैगरी जिल्ला सुरक्षा वेश कलैयाको टोलीले कलैया–३ बाट रू. ७५ हजार बराबरका किराना तथा लेडिज आइटम बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएका सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर