Thursday, July 23, 2026

बारामा इभी र जेसिबी ठोक्किँदा एक जना घाइते

कलैया,१० असोज  । बारामा आज भएको सडक दुर्घटनामा परी एक जना घाइते भएका छन्।

घाइते हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नं. १० बस्ने ५३ वर्षीय सुरेन्द्र साह तेली रहेका छन्। उनको छातीमा सामान्य चोट लागेको र उनको सिमरामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०२ डिभिजन बन कार्यालय अगाडी दुर्घटना भएको हो। पथलैयाबाट जितपुरतर्फ जादै गरेको बा ३ प १८५० नं. को जेसिबीलाई सोही दिशाबाट जादै गरेको बा.प्र. ०१–००६ ख ८५३० न. को इभी अचानक जेसिबीको पछाडीको भागमा ठोकिन गएको हो।

ईभी गाडीको अगाडीको भागमा क्षति भई सोही गाडीमा सवार तेली घाइते भएका हुन्। दुबै सवारी साधन र चालकहरु ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर