Sunday, September 27, 2026

कलैया-बघवन सडकखण्ड दुर्घटना : उपचारको क्रममा दुई जनाको मृत्यु [अपडेट]

Advertisement
Advertisement

कलैया,११ असोज । बाराको कलैया उपमहानगरपालिका वडा नं. १४ बघवनस्थित सडकमा शुक्रबार राति भएको दुर्घटनामा घाइते भएकाहरु मध्ये दुई जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा परी घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको छ। उपचारको क्रममा शनिबार उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।

मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नंं. १ सेमरा तेगछिया निवासी १८ वर्षीय समसाद देवान रहेका छन्। उनलाई थप उपचारको लागी एनएमसी अस्पताल वीरगंजमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यस्तै सिम्रौनगढ नगरपालिका वडा नंं. ११ की ३७ वर्षीय जुही साहको न्युरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।

महागढीमाई वडा नं. १ निवासी १८ वर्षीय अफताब आलमको एनएमसि अस्पताल वीरगंजमा उपचार भईरहेको छ। उनको अवस्था गम्भीर रहेको छ। बिआर ०५ एस ९०९२ नं. को मोटरसाइकल चालक जिल्ला बारा सिम्रौनगढ नगरपालिका ११ कचोर्वा बस्ने अन्दाजी ३५ वार्षिक किशोरी साह सो दुर्घटनामा घाइते भएका छन्।

सोही माटरसाइकल पछाडी सवार किशोरी साहको छोरा अन्दाजी १३ वर्षीय कौशल साह समेत घाइते भएका छन्। सोही माटरसाइकलमा पछाडी सवार ललन साहको छोरा अन्दाजी १२ वर्षीय कृष्ण साह घाइते रहेका छन्।

प्रदेश २–०३–०१६प४७३ नं.को मोटरसाइकल र बिआर ०५ एस ९०९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर