Friday, June 5, 2026

सशस्त्र प्रहरीद्वारा पिकअपसहित ३६ लाख बराबरको अवैध सामान बरामद

spot_img

कलैया,१२ असोज । बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ०१ बोहा जमुनिया भित्री सडकखण्डमा सुरक्षा बेस तेलकुवाबाट खटिएको टोलीले आइतबार अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादवको टोलिले विशेष सूचनाको आधारमा चेकपोइन्ट थापी जाँच गर्ने क्रममा एक पिकअप गाडी नियन्त्रणमा लिएको थियो।

कोतवालीबाट लङ्गडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०२५ च ६१७६ नम्बरको पिकअप (युद्धा) गाडीमा बिल बिजक नभएको सामान भेटिएको प्रहरीले जनाएको छ। सो गाडीमा १५ लाख ८५ हजार पाँच सय रुपैयाँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार मूल्य बराबरको ६० बन्डल नागिन पटका बरामद गरिएको हो।

उक्त पिकअप गाडीको अन्दाजी मूल्य २० लाखसहित जम्मा ३६ लाख ३५ हजार पाँच सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

रेडिमेड कपडा, पटका र १ वटा पिकअप (युद्धा) गाडीसहित दुई जना व्यक्तीलाई नियन्त्रणमा लिइएको छ। बरामद गरिएको सामान तथा व्यक्तिहरुलाई भन्सार कार्यालय बुझाइने र बरामद पटाका भने पेरिमिटरभित्र खाल्डो खनेर नष्ट गरिएको सशस्त्र उपरीक्षक के.सी.ले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर