Wednesday, July 1, 2026

लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

कलैया, १३ असोज। सप्तरीमा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिएका छन।

उनी विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत थिए। सुतिहारलाई हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेपछि उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल लगिएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर