Friday, June 5, 2026

अविरल वर्षाबाट बारामा धान, उखु र तरकारी बालीमा क्षति

spot_img

कलैया,२१ असोज । शुक्रबार र शनिवार परेको अबिरल बर्षाका कारण बारामा बालीनालीमा क्षति पुर्‍याएको छ । बर्षाले जिल्लाको १६ पालिकामा खेतमा लगाईएको रहेको सयौ विगाहा भदैया धान र हाईव्रिड जातका धान बालीमा क्षति पुर्‍याएको हो ।

लगातारको बर्ष र बर्षासंगै चलेको हावाले किसानले खेतमा लगाएको विभिन्न जातका हाईविड्रजातका धानहरु सौरभ, गोरखनाथ,चन्दन, राजा,च्याम्पीय र सारुहरुमा सारो सोना, विजी १४४२ लगायएको धानमा क्षति पुर्‍याएको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का किसान सोनालाल महतोले बताएका छन। लगातार दुई दिनको बर्षाले खेतमा परिपक्व भईसकेको धानमा अत्याधिक क्षति पुगेको उनले बताए । धानबाली भित्रयाउने बेलामा पानी परेपछि धानको बोट ढलेको उनले महतोले बताए ।

भारी बर्षा र बर्षासंगै चलेको हाव पानीले जिल्लाको कलैया , ब्रहम्पुरी, भवानीपुर , औधापुर, उतरझिटकैया, मझैलिया, दोहरी, बकुलहर, कवलपुर ,सिसवा महेशपपुर, रामपुर ,बिजुलपुर, बघवन, भवरा,घोघलडिया, बिजुलपुर लगायतका स्थानमा किसानले लगाएको सारो धानमा क्षति पुरयाएको छ ।

यसैगरी बर्षा र चलेको हावाले जीतपुरसिमरा, कोल्हवी, निजगढका प्राय सवै सवै वडाहरुमा लगाईएका भदैया धानबालीमा क्षति पुगेको छ । यतिखेर पाक्न लागेको धान खेतमै ढेलेपछि किसानहरु चिन्तित् बनेका हुन । अब केही दिनमै काट्ने तयारी गरेको धान बर्षा र हावाले ढलेर स्वोतरम बनाएको पिडा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ राम बहादुर नेपालले दुखेको पोखेका छन ।

यता बर्षाले सोना मन्सुली धानलाई फाईदा भएको किसानले बताएका छन । भने किसानले लगाएको उखु बालीमा समेत अबिरल बर्षाको कारण क्षति पुगेको छ । बर्षाले उखुबाली खेतमै लडेको छ । भने जिल्ला स्थित बंगरी, दुधौरा , पसाह लगायतको खोलामा आएको बाढीले खेत, बाटो जलमगन भएका छन ।भने बंगरी खोलामा आएको बाढीले ब्रहम्पुरी सुराही र बन्जरिया जोडने बाटो जलमगन भएका छन ।बाटो जलमगन भएपछि आईतबार दिन भरी नै उतm बाटो भएर आवत जावत बन्द भएको थियो ।

यसैगरी सिम्रौनगढ नगरपालिका–४ मा वर्षाका कारण किसानले लगाएको धानबाली डुबानमा परेपछि कृषकको दुःख मा परेका छन् । किसान इस्लाम मन्सुरीको खेतमा पानी जमेर धान सड्न थालेपछि चिन्तित छन्। “बर्षेभरि मिहिनेत गरेर लगाएको धानको यस्तो दुर्दशा देख्दा मन भक्कानिन्छ, उनले भने, “खेतीबाटै गुजारा गर्ने हामीजस्ता किसानलाई यो क्षति सिधा जीवनमै असर गर्छ।”

इस्लाम मन्सुरीजस्तै धेरै किसानहरूको बाली खेतमै सड्न थालेको छ। वर्षाले खेतमा पानीको निकास नहुँदा धानबाली पूरै डुबानमा परेको छ। गंगानगरका किसानले विगत २० वर्षदेखि पानी निकासको समस्याले बारम्बार दुःख पाइरहेका छन्।

यसै सन्दर्भमा कृषि ज्ञान केन्द्र बाराका निमित्त कार्यालय प्रमुख राजनारायण साहसंग प्रतिकृया लिदा वर्षाका कारण जिल्लामा व्यापक क्षति भएको बताएका छन् । बारामा अविरल वर्षाका कारण भएका बालि क्षतिको यथार्थ विवरण संकलन कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

“सुरुमा सुख्खा पर्दा किसानहरू पीडित भए, अहिले लगातार वर्षाका कारण पुनः किसानहरू मारमा परेका छन् ” उनले भने । निमित्त कार्यालय प्रमुख साहका अनुसार असोज १७ गतेपछि परेको वर्षाले काट्ने तयारीमा रहेका भदैया धान,हर्दिनाथ धानमा समेत उम्रिएको अवस्था देखिएको छ। उनले उखु बाली करिब ७० देखि ७५ प्रतिशतसम्म ढलेको बताए। तरकारी बाली पनि रोपिएर ओइलिएको देखिएको उनले जानकारी दिए।

कृषि ज्ञान केन्द्रले जिल्लाका १६ औं स्थानीय तहलाई बाली क्षतिको अनुमानित विवरण उपलब्ध गराउन पत्राचार गरेको र मंगलबारसम्म तथ्यांक प्राप्त हुने साहले बताए।

उनका अनुसार भदैया धान, तरकारी र उखु बालीमा बढी असर देखिएको छ। विशेष गरी बङरी, दुधौरा, पसाहा र जमुनिया टियर खोलाको आसपासका क्षेत्रमा बाली क्षति बढी भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर