Friday, June 5, 2026

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

spot_img

कलैया, २३ असोज । सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना७ख २६५ नम्बरको यात्रुवाहक बसबाट खसेर सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लहान नगरपालिका–१ का २१ वर्षीय सहचालक पवनकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रमेश पालले जानकारी दिएका छन ।

बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर