23.7 C
Kalaiya

Monday, October 13, 2025
spot_img
23.7 C
Kalaiya
Monday, October 13, 2025

अस्पतालले भन्यो- राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

spot_img
spot_img

कलैया, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Advertisement

स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति पौडेल आज महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको जनाएको हो ।

Advertisement

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ,” अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर