Sunday, September 27, 2026

प्रहरी निरीक्षक ओमप्रकाश यादव असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

Advertisement
Advertisement

कलैया, २६ असोज । इलाका प्रहरी कार्यालय यदुकुहा धनुषामा कार्यरत प्रहरी निरीक्षक ओमप्रकाश यादव असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

उनको उत्कृष्ट कार्यले आम जनमानसमा प्रहरीप्रति सकारात्मक सोच र विश्वास बढाएको जनाउँदै प्रहरी संगठनले उनलाई असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको हो।

प्रहरी निरीक्षक यादवले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु मध्ये हालसम्म १४ जनालाई पक्राउ गरेको उनको उत्कृष्ट कार्यमा उल्लेख रहेको छ।

बिभिन्न मितिमा श्रोत नखुलेको भारतीय एक लाख ४७ हजार र नेपाली ८ लाख ५० हजार रकम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरी हुण्डी सम्बन्धी कसुर मुद्दा चलाएको प्रनि यादवको उत्कृष्ट कार्य विवरणमा उल्लेख छ।

बिभिन्न मितिमा अनलाईन ठगी घटनामा संलग्न मानिसहरुलाई खोजतलास गरी पक्राउ गर्न सफल भई पिडित पक्षको ठगीएको रकम फिर्ता गर्नमा अहम भूमिका निर्वाह गरेको उनको कार्य विवरणमा जनाइएको छ।

धनुषा बिदेह नगरपालिका वडा नं.०५ मुरिवाटोल बस्ने रामरत्न ठाकुरको पत्नी रामपरी देवी बरही ठाकुरलाई घाँटी रेटी हत्यामा संलग्न व्यक्ति जिल्ला धनुषा विदेह नगरपालिका वडा नं.०५ मुरिवाटोल बस्ने अन्दाजी ५०/५२ वर्षीय संगम पासवानलाई पक्राउ गर्न अहम भूमिका यादवले निर्वाह गरेको जनाइएको छ।

जेनजी युवा समूहको आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालयको निवास र सोहि निवास भित्र रहेका मुख्य मन्त्रीज्यूलाई जोगाई तथा विभिन्न सरकारी भवनहरूमा आगजनी लुटपाट हुन गर्न नदिई लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानून बमोजिमको कारवाहीमा अहम भूमिका यादवले निर्वाह गरेको पत्रमा उल्लेख छ। जेनजी आन्दोलनमा विभिन्न कारागारहरूबाट फरार भएका कैदिहरूलाई पक्राउ गर्न सफल भएको जनाइएको छ।

असोज १४ गते जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २० रुपैठामा गणेश मूर्ति सेलाउन र असोज १७ गते दुर्गा मूर्ति सेलाउने क्रममा हिन्दु समुदाय र मुस्लिम समुदाय बिच भएको बादविवाद भई झै झगडा हुँदा उक्त स्थानमा खटि गई घरहरूमा आजगनी, तोडफोड र अराजक गतिविधिमा संलग्न ३० जना मानिसहरूलाई समेत नियन्त्रणमा लिई थप अन्य कुनै अप्रिय घटना हुन नदिई उक्त भिडहरूलाई सम्झाई बुझाई गरी तितर बितर पार्नको लागि प्रनि यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको उत्कृष्ट कार्यमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर