Thursday, July 23, 2026

बारामा आजदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

कलैया, २७ असोज । बारामा आज (सोमबार) देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाराले आइतबार हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्लास्तरीय संचारकर्मी अभिमुखीकरण कार्यक्रम आयोजना गरी सो जानकारी दिएको हो ।

बाराको ६ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बाराले जनाएको छ । कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका , विश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा असोज २७ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने छ ।

अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइने अभिमुखीकरण कार्यक्रममा बताइएको हो । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने बताइएको छ । जिल्ला जनस्वास्थय कार्यालय बाराका जनस्वास्थय अधिकृत कञ्चन नेपालीले जिल्लाका ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको बताएकी छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२,फेटा गाउँपालिकाका २८ हजार ६३ , बिश्रामपुर गाउँपालिकाका २४ हजार ३५७, प्रसौनी गाउँपालिकाका २४ हजार ८२० र परवानीपुर गाउँपालिकाका २४ हजार ३०३ जनालाई खोप दिइने नेपालीले बताइन ।

खोप अभियानमा २१० जना खोप कार्यकर्ता, ३७९ जना महिला स्वास्थय स्वयम सेविका र ३७९ जना स्वयम सेवक परिचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर