कलैया, २७ असोज । बाराका विभिन्न क्षेत्रमा आज दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका अनुसार टाटा प्रोजेक्ट द्वारा ११ के.भी. लाइन निर्माण कार्य भइरहेको हुँदा फेटा, गमहरिया, धर्मनगर, मटिअर्वा, निलकण्ठा र बसतपुर क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा बन्द रहनेछ।
केन्द्रका अनुसार लाइन निर्माण कार्य सम्पन्न भएपछि सो क्षेत्रका उपभोक्ताहरूलाई विद्युत आपूर्तिमा सुधार र स्थायित्व आउने अपेक्षा गरिएको छ।