कलैया,१५ कार्तिक । तीन दिनदेखी परेको बेमौसमी पानीले बारामा भित्राउन लागेको धानबालीलाई क्षति गरेको छ । निरन्तर परेको पानीले जिल्लाको उत्तरी क्षेत्रमा पाखेर काट्ने वेला भएको धानबाली र कतिपय काटेर उठाउने वेला भएको धानबालीमा पानी जमेको कारण क्षति भएको हो । भित्राउने तयारीमा रहेको धानबाली पानीले क्षति गरेपछि किसानहरु चिन्तित् बनेका छन ।
बुधबारदेखी निरन्तर परेको बेमौसमी बर्षाले जिल्ला धेरै स्थानमा किसानहरुले भित्राउन तयारीमा रहेको धानबालीमा पानीले भिजेपछि उत्पादनमा कमि आउने र धान बाली नै विग्रीने चिन्ताले किसानहरुलाई सताएको छ । अहिले किसानहरुले लगाएका हाईव्रिड जातका मसिनो धान र कर्तनी धान पाकेर भित्राउन बेला पानीले विर्गान लागेको किसानहरुको गुनासो छ ।
केही दिनदेखी निरन्तर परेको बेमौसमी पानीले जिल्लाको कोल्हवी,निजगढ,जीतपुरसिरमा, करैयामाई लगायतका पालिकाहरुमा किसानहरुले लगाएको धानबाली लगायत अन्य बालीहरुलाई क्षति पु-याएको छ ।
धानबालीलाई यो बेमौसमी पानीले क्षति पुराएको भएपनि अन्य तोरी,मकै लगाउने किसानहरुलाई पनि राहत मिलेको छ । त्यसैगरी अहिलेको पानीले पशुपालक किसानहरुका लागि भने निकै राहत पुगेको छ । पशुपालक किसानहरुले चिसोका कारण विभिन्न जातका घाँसहरु छर्न पाएका थिएनन् तर यो पानीले घास छर्नका लािग पर्याप्त चिसो जमिन बनेपछि किसानहरुले घाँसको विऊ छर्न थालेका छन ।

















