21.5 C
Kalaiya

Monday, November 10, 2025
spot_img
21.5 C
Kalaiya
Monday, November 10, 2025

बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

spot_img
spot_img

कलैया, २४ कात्तिक। बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा आज (सोमबार) बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

आज बिहान पूर्व पश्चिम राजमार्गको बीच बाटोमा हात्ती आएर सवारी साधनमा आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणपछि ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको थियो।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवंम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन् । घटना भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरक्षक जीवन लामिछानेको कमान्डमा ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

हाल हात्तीलाई जंगलतर्फ धपाउने कार्य जारी रहेको र अन्य केही सवारी साधनमा पनि क्षति भएको बुझिएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर