Friday, August 14, 2026

जनकपुरबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २३ कात्तिक। जनकपुरबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर