कलैया, ११ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।
मन्त्रिपरिषद्को बैठकबाट आएको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले आज विज्ञप्ति जारी गर्दै बताएका छन्।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने तयारी गरेको हो ।

















