15.7 C
Kalaiya

Friday, November 28, 2025
spot_img
15.7 C
Kalaiya
Friday, November 28, 2025

बारामा नेकपा एमाले ११ औं महाधिवेशनमा होमियो, चारै क्षेत्रमा मनोनयन दर्ता

spot_img
spot_img

कलैया,१२ मंसिर । ११ औं राष्ट्रिय महाधिवेशनका लागी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बारामा होमिएको छ । बारा जिल्लाको चार वटै क्षेत्रमा प्रतिनिधि चयनका लागि बिहीवार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

बाराको निर्वाचन क्षेत्र नम्बर १ मा ३२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत भरत बहादुर भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार ९ जना युवा,४ जना महिला र १९ जना खुल्लातर्फ मनोनयन दर्ता गराएका हुन् ।

Advertisement

त्यस्तै क्षेत्र नम्बर २ मा ९ जना मनोनयन दर्ता गराएको नेकपा एमाले पार्टीले जनाएको छ । जसमा खुल्लामा ५,महिलामा २ र युवातर्फ २ जना दर्ता गराएका हुन् ।

Advertisement

त्यसैगरी क्षेत्र नम्बर ३ मा २९ जना प्रतिनिधि चयनका लागि मनोनयन दर्ता गराएको निर्वाचन कमिटीका संयोजक दिवाकर भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार खुल्लामा २० ,महिलामा ६ र युवातर्फ ३ जना मनोनयन दर्ता गराएका हुन् ।

यता बारा क्षेत्र नम्बर ४ मा ३१ जनाले प्रतिनिधि चयनका लागि मनोनयन दर्ता गराएका छन् । भने एक जना मनु कुमार साहले खुल्लातर्फबाट उम्मेदवारी फिर्ता लिएका छन् । जसमा खुल्लामा १७ जना, महिलामा ९ र युवा तर्फ ४ जना मनोनयन दर्ता गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर