Monday, September 28, 2026

राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन पेस

Advertisement
Advertisement

कलैया, ०५ चैत । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन पेस गरेको छ। शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन प्रस्तुत गरेका हुन।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले जटिल परिस्थितिका बाबजुद निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।

उनले यस कार्यले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास बढेको र लोकतन्त्र थप मजबुत भएको उल्लेख गर्दै आयोग, कर्मचारी र सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका हुन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर