बारा, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार स्वचालित मूल्य प्रणाली बमोजिम पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र एल.पी. ग्यासको मूल्यमा उल्लेखनीय गिरावट आएको हो।
इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको यो नयाँ मूल्य दर २०८३ साल असार १७ गते बुधबार बिहान ००:०१ बजेदेखि देशैभर लागू हुने निगमले जनाएको छ।
नयाँ निर्णय अनुसार उपभोक्ताले अब पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ राहत पाउने भएका छन्। यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ४० रुपैयाँले घटाइएको छ भने खाना पकाउने ग्यास प्रति सिलिन्डर १०० रुपैयाँले घटाई २०६० रुपैयाँ कायम गरिएको छ।




