Saturday, June 27, 2026

टी-२० विश्वकप छनोट : नेपाल र कुवेत एउटै समूहमा

कलैया, २६ असार। आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा समूह बि मा नेपाल परेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने छ। आइसिसीले प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको छ ।

समूह ए मा युएई, मलेसिया र कतार रहेको छ भने समूह सी मा ओमान, पपुवा न्यु गिनी र सामोआ रहेको छ । हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ।

नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्ने छ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर