Friday, June 26, 2026

११ वर्षको सफलताको उत्सव : विश्वास एफएमद्वारा वृद्धाश्रममा सहयोग

कलैया, २७ असार। बाराको सदरमुकाम कलैयाबाट सञ्चालित विश्वास एफएम आजदेखि ११औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७२ साल असार २७ गतेदेखि प्रशारण हुँदै आएको सो रेडियोले १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको हो।

वर्षगाँठको अवसरमा जितपुर सिमरा उपमहानगरपालिका–७ मा रहेको सञ्जीवनी वाटिका (वृद्धाश्रम) मा दुई थान फलामे बेञ्च र विभिन्न खाद्यान्न सामग्री वितरण गरिएको विश्वास मिडिया प्रा.लि की अध्यक्ष प्रियांका दासले जानकारी दिएकी छन्।

५०० वाट क्षमताको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण सुरु गरेको रेडियो विश्वास हाल पनि १८ घण्टा नियमित प्रसारण गर्दै आएको छ। रेडियोले हाल २ भाषामा समाचार र ३ भाषामा कार्यक्रम प्रशारण गर्दै आएको छ। अहिले रेडियोका कार्यक्रम अनलाइन तथा मोबाइल एपबाट समेत सुन्न सकिने व्यवस्था गरिएको छ।

उक्त अवसरमा पुर्व मन्त्री काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूर, एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूर, नेपाली कांग्रेस नेतृ मेघा शाही, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का सचिव राजेश भण्डारी, एफएमका कार्यक्रम संयोजक सज्जाद अन्सारी, बजार प्रमुख भुवन यादव, शिल्पा कुशवाहा, राकेश ठाकुर, शेखर भण्डारी, नेविसंघका नेता सागर पटेल, अफरोज आलम, ओसी अहमद अन्सारी, हारुण अन्सारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर