22.3 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
22.3 C
Kalaiya
Wednesday, October 15, 2025

जीतपुरसिमराले आर्थिक वर्ष ८१/८२ मा उठायो २३ करोड राजस्व

spot_img
spot_img

सिमरा,२८ असार ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले राजश्व संकलनमा नयाँ रेकर्ड कमय गरेको छ । उपमहानगरले चारबर्ष यता सवैभन्दा बढि राजश्व संकलन गरेको जनाएको छ।

Advertisement

शुक्रवारसम्म गरी आर्थिक बर्ष सकिन पाँचदिन बाँकी रहदा अघिल्लो बर्ष भन्दा झण्डै तीन करोड भन्दा बढि राजश्व संकलन गरेको नगरपालिका राजश्व शाखाले जनाएको छ । शुक्रवारसम्म गतबर्ष भन्दा तीन करोड बढि राजश्व संकलन भइसकेको राजश्व शाखाका प्रमुखले राम शर्माले जानकारी गराए । उनको अनुसार उपमहानगरले आर्थिक बर्ष २०८१।८२ मा हालसम्म २३ करोड राजश्व संकलन गरेको जनाईएको छ ।

Advertisement

उपमहानगरपालिकाले गत आ.ब.मा कुल २० करोड ३५ लाख रुपैयाँ राजश्व उठाएको थियो। गतबर्ष नदिजन्य पदार्थको उत्खनन तथा विक्रीको ठेक्का लगाईएको थियो । तर यो बर्ष नदिजन्य पदार्थको उत्खनन तथा विक्रीको ठेक्का नलगाउदा पनि अघिल्लो बर्षको तुलनामा तीन करोडले राजश्व वृद्धि भएको छ ।

Advertisement

आर्थिक बर्ष २०७८।७९ मा ८ करोड ५२ लाख राजश्व संकलन गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा १५ करोड ३७ लाख, र आर्थिक बर्ष २०८०।८१ मा २० करोड ३५ लाख राजश्व संकलन गरेको थियो । यसबर्षको राजश्व संकलन चारबर्ष यताकै उच्च रहेको उपमहानगरपालिकाको राजश्व शाखाको दावी छ ।

उपमहानगरले गत आर्थिक बर्ष २०८०।८१ मा नदिजन्य पदार्थको उत्खनन तथा विक्री ठेक्काबाट ५ करोड ६० लाख रुपैयाँ तथा अन्य कर तथा गैरकर राजश्वबाट १४ करोड ९७ लाख रुपैयाँ संकलन गरेको थियो ।

चालु आर्थिक बर्षको राजश्व संकलन उत्साहजनक रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बताए । ‘हामी आन्तरिक आय बृद्धिका लागि निरन्तर काम गरिरहेका छौं र त्यसमा सबैको सहयोगको आवश्यक्ता छ’ नगर प्रमुख पौडेलले भने ।

आगामी आर्थिक बर्ष २०८२।८३ मा राजश्व संकलन ४४ करोड पु-याउने लक्ष्य राखेको उपमहानगरले गत बुधबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि आन्तरिक आय बृद्धिको रणनीतिलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर