Friday, June 26, 2026

प्रतिबन्धित लागूऔषध बारा प्रहरीको नियन्त्रणमा

कलैया, ३० असार। बारा प्रहरीले ४५ सय पिस प्रतिबन्धित लागु औषध बरामद गरेको छ । आदर्शकोतवाल गाउँपालिका-४ हर्नैया चौक स्थित दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा रहेको सुचनाको आधारमा इलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी टोलीले उक्त आँपको क्यारेट बरामद गरी कार्यालयमा ल्याएर हेर्दा आँपको क्यारेट मुनि लागूऔषध एम्पुल बरामद गरेको हो।

लागूऔषध नोर्फिन १५ सय पिस,फेनारगन १५ सय पिस र डाईजोपाम १५ सय पिस बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर