कलैया ३२ असार । प्रहरीले बाराको पचरौता नगरपालिका वडा नम्बर २ चपुरी चौकबाट प्रतिबन्धित लागू औषध एम्पुल ओसार पसारमा संलगन तीन जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत देश बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना वडा नम्बर २ रेगनीया टोल बस्ने १९ को कन्हैया कुमार यादव , सोही टोल बस्ने २६ बर्षिय बलिराम कुमार यादव र सोही पञ्चायत वडा नम्बर १ बलुवा टोल बस्ने २० बर्षिय वकिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बारागढी बाराबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रजयनगर बाराबाट असार २९ गते आईतबार बेलुका ५ बजेको समयमा बारा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ४ हर्नैया चौक स्थितमा दुईवटा आपको क्यारेटमा बेवारिसे अवस्थामा प्रतिबन्धित लागू औषध एम्पुल ४५०० पिस बरामद गरेको थियो ।
उक्त घटना बारे थप अनुसन्धान गर्दै जाँदा उक्त प्रतिबन्धित लागू औषध एम्पुल ओसार पसार मा तीनै जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनै जना माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।