Friday, August 14, 2026

करेन्ट लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

Advertisement
Advertisement Advertisement

कलैया, ०१ साउन । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन। रौतहटबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन पुगेको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो ।

करेन्ट लागेर ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिएका छन।

करेन्ट लागेर गम्भीर घाइते भएका दिनेशलाई हरिवनस्थित नमूना अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यस्तै उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका छन ।

उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर