Saturday, June 27, 2026

आर्थिक वर्षको पहिलोदिन कर तिर्ने नागरिकलाई बाराका सिडिओले गरे सम्मान

कलैया, ०१ साउन। आज साउन १ गते अथार्त आर्थिक वर्ष २०८२/०८३ सुरु भएको पहिलो दिन। आर्थिक वर्षको पहिलो दिन जिल्ला प्रशासन कार्यालय बाराबाट सेवा प्राप्त गर्दै समयमै कर तिरेकी मायादेवी न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका छन्।

राज्यप्रति दायित्व निर्वाह गर्ने सक्रिय नागरिकको रुपमा प्रस्तुत भएकी न्यौपानेलाई सेवा लिईरहेको स्थानमा पुगेर प्रमुख जिल्ला अधिकारी अधिकारीले सम्मान गरेका हुन। उनले अन्य कार्यालयहरूलाई पनि आर्थिक वर्षको पहिलो दिन कर तिर्ने नागरिकलाई सम्मान गर्न आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारीले यस्ता सकारात्मक पहलकदमीले नागरिकमा करप्रतिको जिम्मेवारी बढाउन र सरकारी सेवा प्रतिको विश्वास सुदृढ बनाउन योगदान पुग्ने बताएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर