Saturday, June 6, 2026

करको विरुद्धमा जीतपुरसिमराका उद्योगी-व्यवसायीहरूद्वारा ज्ञापनपत्र बुझाइयो

spot_img

जीतपुर,०२ साउन । जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको कर निर्धारणप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र

उद्योगी–व्यवसायीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ मा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उप–मेयर भोला प्रसाद अधिकारीलाई उद्योगीहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै विभिन्न शीर्षकमा असन्तोष प्रकट गरेका हुन्।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार कबाडी वस्तु र मुख्य उत्पादनबीचको स्पष्ट पहिचान नहुँदा अनुचित रूपमा कर लगाइएको छ। त्यसैगरी सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क, वातावरण संरक्षण शुल्क जस्ता शीर्षकमा पनि व्यवसायीहरूलाई अनुचित करको बोझ पारिएको उनीहरूको गुनासो छ ।

उद्योगहरूबाट निस्कने धुवा, धुलो तथा पानीको व्यवस्थापन उद्योगहरू स्वयंले गरिरहेको हुँदा वातावरण संरक्षण शुल्कको औचित्य नरहेको उद्योगीहरूको तर्क छ। त्यस्तै, उत्पादनको उपफलस्वरूप निस्कने छाईं (शून्य मूल्यको वस्तु) को व्यवस्थापन पनि उद्योगले आफैं गर्ने भएकाले त्यसमा प्रति ट्रक १,००० रुपैयाँ र प्रति ट्रेक्टर ३०० रुपैयाँ लिने निर्णय अनुचित भएको व्यवसायीहरूको भनाइ छ ।

त्यसैगरी, पिना लाई कबाडी वस्तु होइन, मुख्य उत्पादनको रूपमा स्वीकार गर्नुपर्ने र उक्त वस्तु नेपालबाट दोस्रो मुलुकमा समेत निर्बाध रूपमा निर्यात भइरहेकाले त्यसलाई हचुवाको भरमा कर लगाएर कबाडी वस्तुको श्रेणीमा राख्नु अन्यायपूर्ण भएको शिवशक्ति ध्यु उद्योगका प्रतिनिधि प्रमोद पटेलको  जिकिर छ ।प्रती किलो ०.३ पैसाबाट ६७ प्रतिशत बृद्धि गरी ०.५ पैसा कायम गरेकोप्रती आफुहरु गम्भिर ध्यान आकर्षित भएको उनीहरुले बताएका छन् ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार उपमहानरपालिकाले यस्ता निर्णयहरू गर्नु अघि विस्तृत अध्ययन, सरोकारवालासँग परामर्श, र व्यावहारिक पक्षलाई ध्यान दिनु आवश्यक छ, ताकि उद्योगमैत्री वातावरण निर्माण गर्न सकियोस् । उद्योगीब्यवसायीहरुसँग बिना समन्वय गरी हचुवाको भरमा कर लागु गर्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर