Friday, August 14, 2026

क्यान्सर पीडितलाई आर्थिक सहयोग

Advertisement
Advertisement Advertisement

कलैया, ३ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६, नगौल निवासी ५८ वर्षीय क्यान्सर पीडित लखराज माझीलाई आर्थिक सहयोग गरिएको छ। जनहित मध्यवर्ती उपभोक्ता समिति सिमराले लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित माझीलाई १५ हजार आर्थिक सहयोग गरेको हो। समितिले शुक्रबार उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन।

सहयोग हस्तान्तरणका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका-६ का अध्यक्ष क्यामुदिन असारीले वडाबाट व्यक्तिगत तथा संस्थागत रूपमा गरेर रु. २५ हजार सहयोग गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि वडाको तर्फबाट आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे।

आर्थिक अभावका कारण अस्पतालले दिएको समयमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन जान नसकेको गुनासो माझीले गरेका छन्। आफ्नै थोरै जमापूँजी र गाउँका बुद्धिजीवी, सहयोगी मन भएका व्यक्तिहरूको पहलमा संकलित चन्दा प्रयोग गरी प्रारम्भिक उपचार गराए पनि हाल खाना समेत जुटाउन कठिन भइसकेको बताउँदै उहाँले थप उपचारका लागि सहयोगको अपिल गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर