Saturday, June 27, 2026

रौतहटका पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

कलैया, ४ साउन। रौतहटमा एक जना पत्रकार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार रविन्द्र प्रजापति शनिबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन।

झुण्डिएको पासो काटेर उनलाई परिवारले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।

पत्रकार प्रजापति म्यूजिकल एफएममा कार्यरत थिए । समाचारको विषयलाई लिएर केहिदिन अघि कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । पत्रकार प्रजापति पारिवारिक समस्या र धम्कीका कारण तनावमा रहेका थिए। घटनाबारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर