कलैया,०५ साउन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाराका दुई प्रभावशाली नेताले पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । बाराको कलैयास्थित कारण राज पार्टी प्यालेसमा सोमबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता र बारा क्षेत्र-३ ख का प्रदेश सभा सदस्य पारसप्रसाद साहले जनमतमा प्रवेश गरेका हुन् ।
गुप्ता २०६४ सालको संविधानसभाका सदस्य हुन् भने गुप्ता केही दिनका लागि सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् । त्यस्तै पुर्व प्रदेश सभा सदस्य साह २०७४ सालको मधेस प्रदेशसभाका सदस्य हुन् ।
सोही कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरि पाँच सय जना भन्दा बढीलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले पार्टीमा प्रवेश गराएका हुन् । जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष डा.सिके राउत रहनु भएको थियोे ।
सो कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।