Saturday, June 27, 2026

प्रसौनी गाउँपालिकामा विद्यालयको भवन, छात्रवास र पुस्तकालय निर्माणमा भारत सरकारको सहकार्य

कलैया, ६ साउन। भारत सरकारको अनुदान सहयोगमा बारा जिल्ला सहित नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनको सहमति पत्रमा हस्ताक्षर गरिएको छ । परियोजनामार्फत बारासहित धनुषा, पर्सा, अछाम र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ ।

सोमबार काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । परियोजना अन्तर्गत बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण हुने छ ।

धनुषाको बटेश्वर गाउँपालिका–३ मा जनशक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ। त्यस्तै मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ ।

यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुने बताइएको छ । परियोजनाको कुल लागत ३९ करोड रहेको छ । सन् २००३ यता भारत सरकारले नेपालमा ५७९ उच्च प्रभाव विकास परियोजनाहरू सञ्चालन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर