Saturday, August 15, 2026

एलिजा फाउण्डेसनद्वारा बारामा शैक्षिक सामग्री वितरण

Advertisement
Advertisement Advertisement

कलैया, ७ साउन। एलिजा फाउण्डेसन नेपाल काठमाडौंले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बारामा शैक्षिक सामग्री वितरण वितरण गरेको छ। बाराको कलैया उपमहानगरपालिका–१७ स्थित श्री लोकतान्त्रिक गणतन्त्र प्राथमिक विद्यालयमा एक सय पच्चीस थान ब्याग तथा शैक्षिक सामग्री वितरण गरिएको छ। बुधबार सम्पन्न उक्त कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष तथा प्राइम टेलिभिजनकी डाइरेक्टर एलिजा गौतमले विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई ब्याग, कापी, कलम, फुटबल लगायत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकी हुन्। कार्यक्रममा केक काटेर फाउण्डेसनले आफ्नो वार्षिकोत्सब मनाएको हो ।

विद्यालयका प्रधानाध्यापक राजेश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कलैया–१७ का वडा सदस्य अबास अन्सारी, लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्लाह अन्सारी, लोसपा महिला संगठनकी केन्द्रीय सदस्य ममता तिवारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफूले सानैदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा चासो राख्दै आएको उल्लेख गर्दै, “बोल्नुभन्दा काम गरेर देखाउनु नै मेरो उद्देश्य हो,” भन्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्। “विद्यालयका गरिब तथा असहाय बालबालिकासँग वार्षिकोत्सव मनाउन पाउँदा निकै खुसी लागेको छ,” उनले भनिन्।

कार्यक्रममा वडा सदस्य लक्ष्मी पटेल, फाउण्डेसनकी सञ्जना थापा, विद्यालयका शिक्षक भवानी मिश्र, सीता साह, कार्यालय सहयोगी सुगन्धी पटेल, विनय पटेल, रन्जय यादव, सोनालाल पटेल, विद्यार्थी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत शिक्षक भवानी देवी मिश्रले गरेकी थिइन् भने सञ्चालन सञ्चारकर्मी रमेश साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर