Saturday, August 15, 2026

करेन्ट लागेर दुई किसानको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, ७ साउन। रौतहटमा मोटरबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर २ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नम्बर ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया रहेको प्रहरीले जनाएको छ।

दुबै जनाको खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। देवानलाई गए राती करेन्ट लागेको थियो। उनलाई उपचारका लागि गरुडा स्थित ग्रान्डी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा मुखियालाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर