31.1 C
Kalaiya

Friday, July 25, 2025
spot_img
31.1 C
Kalaiya
Friday, July 25, 2025

spot_img

करेन्ट लागेर दुई किसानको मृत्यु

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ७ साउन। रौतहटमा मोटरबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर २ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नम्बर ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

दुबै जनाको खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। देवानलाई गए राती करेन्ट लागेको थियो। उनलाई उपचारका लागि गरुडा स्थित ग्रान्डी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा मुखियालाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement
Advertisement

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर