Saturday, June 27, 2026

अवैध लागूऔषध सहित रातोमाटेबाट एक जना पक्राउ

कलैया, ८ साउन। मकवानपुरबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३६७३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर