Saturday, June 6, 2026

असार महिनाको उत्कृष्ट प्रहरीको रूपमा शिवशंकर यादव सम्मानित

spot_img

वीरगञ्ज,०९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई घोषित गरेको छ। पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले यादवलाई पर्सा जिल्लाको असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गर्दै प्रमाणपत्र हस्तान्त्रण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन शाखामा कार्यरत रही संगठनले प्रदान गरेको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, बफादार तथा कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकताका साथ यादवले कार्यसम्पादन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरी घटना नियन्त्रण, हराएका मोवाईलहरूको खोजतलास, साइवर अपराधको सफल अनुसन्धान उनले गरेका छन्। कर्तव्यज्यान, लागुऔषध तथा अन्य जघन्य प्रकृतिका अपराधिक घटनाहरुमा संलग्न प्रतिवादीहरु पक्राउ गरी कानूनी दायरामा उनले ल्याएका हुन्।

वस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धान गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी आम नागरिक समक्ष संगठनको साखलाई उच्च बनाउन उनले उल्लेखनीय योगदान गरेका हुन्। उनको यस कामको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी कार्य छनोट कार्यबिधि २०८१ बमोजिम, २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर