Sunday, September 27, 2026

बारामा लाखौं रुपैयाँको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

 कलैया,१० साउन । बारा प्रहरीले लाखौं रुपैयाँको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले उक्त समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ सिमरा चौक स्थित हाईवेमा वीरगंजबाट नारायणगढ तर्फ जादै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाच गर्ने क्रममा बिजक भन्दा फरक र भन्सार छलीको आशंकामा उक्त ट्रकलाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।

सो ट्रकमा अन्दाजी मुल्य रू. ५२ लाख ७० हजार ९३ रूपैया बाराबरको कपडा, साईकल पार्टस, केमिकल, विभिन्न औषधि लगायत अन्य खुद्रा सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । उक्त समानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर