Sunday, July 19, 2026

“चुरे संरक्षण योजना कागज मै सिमित”

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० कि.मी. क्षेत्रमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ। अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे पहाड रहेको छ। सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ।

नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको सुरूवात गरेकोमा त्यसलाई अझ सशक्त ढङ्गले अघि बढाउनको लागि वि.सं. २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरिएको थियो। चुरे संरक्षणका असफल रहेका मिठा योजनाहरू र त्यसले जलप्रणालीमा निम्त्याएको समस्याहरू: चुरे क्षेत्रमा विगत केही बर्षयता सुरु गरिएका संरक्षण तथा विकास योजनाहरू मध्ये धेरै योजना अधुरो र अलपत्र अवस्थामा रहेका छन्। यी योजनाहरू अधुरो हुनाले यसको असर विशेषगरी तराईको जलस्रोत प्रणालीमा ठूलो रूपमा परेको छ।

चुरे संरक्षण कार्यक्रम अन्तर्गत “चुरे संरक्षणका लागि राष्ट्रिय चुरे–तराई संरक्षण समिति गठन गरिएको थियो। तर राजनीतिक अस्थिरता, समन्वयको अभाव र पर्याप्त बजेट नहुँदा धेरै परियोजना कार्यान्वयन हुन सकेका छैनन्। त्यसैगरी समग्र चुरे व्यवस्थापन योजना अन्तर्गत “वृक्षारोपण, भू-संरक्षण, पानीका मुहान संरक्षण, वन पुनःस्थापना, तथा नदी तटबन्धन जस्ता कार्यहरू अपूरा छन्।

स्थानीय समुदाय सहभागितामूलक योजना अन्तर्गत “स्थानीय स्तरमा सहभागिता र जनजागरणको कमीले संरक्षणको योजना धरातलमा कार्यान्वयन हुन सकेको छैन”।

यस्ता विभिन्न कारणले कैयौं योजनाहरू “चुरे संरक्षण योजनाका नाममा कागजमै सीमित रहेका छन्”। आज तराईमा पानीको समस्या यस्तो किसिमले जटिल हुनुको कारणहरू मध्येको एक कारण यी योजनाहरूको कार्यान्वयन हुन नसक्नु पनि हो।

चुरे पर्वत तराईका लागि प्राकृतिक पानीको भण्डारण केन्द्र रहेको हामी सबैमा जगजाहेर नै छ। चुरेमा हुने क्षय र अनियन्त्रित विकासका कारण यस्ता छन्: “चुरेमा वन कटान र उत्खनन बढ्दा वर्षाको पानी जमिनमा सोसिन पाउँदैन, जसले तलका नदी र नाला छिट्टै सुक्ने वा आकस्मिक बाढी ल्याउनु”, “चुरे क्षेत्रबाट बालुवा, गिट्टी, ढुंगा अनियन्त्रित उत्खनन गर्दा प्राकृतिक बाँध र जल पुनर्भरण प्रणाली भत्किनु” जस्ता लाखौं समस्या आइपरेको छ। अधुरो चुरे संरक्षणको अपूरा योजना तुरुन्त कार्यान्वयन नभए यसले भोलिका दिनमा निम्त्याउने समस्याको कुनै सीमा रहने छैन।

✍️ लेख: आशुतोष ठाकुर

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर