Sunday, June 28, 2026

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्।  आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास व्यक्त गरे। मन्त्री भण्डारीले भने, “अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्सएप वा वेबसाइटमार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो।”

नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी संख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्याको समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघबीचको सहमतिअनुसार ‘श्रम संचार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकरणको अन्तिम चरणमा पुगेको छ। सोही कार्यक्रममा गैरआवासीय नेपाली संघको प्रविधिक टोलीले मन्त्री भण्डारीसहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो। श्रममन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः सबै देशहरूमा विस्तार गर्दै लैजाने सहमति भएको छ।

“श्रम संचार” एपमा एआई च्याटबोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी संख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ।

त्यसैगरी, यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलीमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने, र प्रवासमा नेपालीहरूले भोग्दै आएका विभिन्न समस्याहरूको समाधान गर्न सकिने अपेक्षा गरिएको छ। उक्त अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सकारात्मक पहलप्रति आभार व्यक्त गरेका छन्। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर